विदेश
युक्रेनको रेल स्टेशनमा रुसद्वारा मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
२०७८ चैत २५ गते १५:१४

२५ चैत २०७८ युक्रेन । युक्रेनको एक रेल स्टेशनमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
यो घटनामा १ सयभन्दा बढी घाइते भएको त्यहाँको रेल कम्पनीले जनाएको छ । कर्मातोर्स्क रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको हो ।
युक्रेनबाट विस्थापित भएर बाहिर जान लागेका हजारौँ मानिस जम्मा भएको रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको हो । यो पूर्वी युक्रेनबाट युक्रेन छोड्ने मुख्य नाका हो ।
डोनेत्सकका क्षेत्रीय गभर्नरले रेल स्टेशनमा दुईवटा शक्तिशाली मिसाइल खसेको बताएका छन् । रुसी सेनाले यसअघि पनि विभिन्न सहरका आवासीय भवनहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ ।
जसका कारण डेढ महिनादेखि जारी यो युद्धमा कयौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया