विदेश

पाकिस्तानमा संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

२०७८ चैत २५ गते ९:३४
पाकिस्तानमा संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

२५ चैत २०७८ इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ ।

हिजो रिटमाथि सुनुवाइ गर्दै अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको निर्णय गरेको हो । बीबीसीले लेखे अनुसार सर्वोच्चले पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिँदै भोलि नै अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि आदेश दिएको छ ।

गत आइतबार प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव खारेज भएपछि उहाँले राष्ट्रपतिलाई सिफारिस गर्दै संसद विघटन गर्नुभएको थियो । सर्वोच्चको निर्णयलाई विपक्षी दलले स्वागत गर्दै संविधानको जित भएको प्रतिक्रिया दिएका छन् ।

यता, सर्वोच्चले संसद विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री खानले आज मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । उहाँले आज देशको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *