विदेश

पाकिस्तानामा संसद भङ्ग गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

२०७८ चैत २२ गते ९:३१
पाकिस्तानामा संसद भङ्ग गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

२२ चैत २०७८ इस्लामावाद । पाकिस्तानमा संसद भङ्ग गर्ने विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार संसद भङ्ग गर्ने निर्णयको विषयमा आज मध्यान्ह १२ बजेका लागि सुनुवाइ तोकिएको छ । हिजोका लागि तोकिएको सुनुवाइ संसदका उपसभामुखले आजसम्मका लागि स्थगित गरेका थिए ।

आजको सुनुवाइ प्रक्रियापछि कुनै आदेश जारी नगरिने पाकिस्तानका प्रमुख न्यायाधीश उमर अता बान्दियालले बताउनुभयो ।

यसअघि, विपक्षी पार्टी पाकिस्तान पीपुल्सले रिट दायर गर्दै सुनुवाइका लागि अदालतका सबै १६ जना न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो । पाकिस्तानमा बढ्दो राजनीतिक र आर्थिक सङ्कटका कारण परिस्थिति बिग्रिदै गएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार संसद भङ्ग गर्नुभएको थियो । प्रधानमन्त्रीले संसद भङ्ग गरेपछि विपक्षी दलले विरोध गरेको छ ।

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण र आर्थिक समस्या समाधान गर्न सरकार असफल रहेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *