विदेश

भारतको विदेश सचिवमा विनय मोहन क्वात्रा नियुक्त

हिमालय टिभी
२०७८ चैत २१ गते १८:१८
भारतको विदेश सचिवमा विनय मोहन क्वात्रा नियुक्त

२१ चैत २०७८ नयाँ दिल्ली । भारतले विदेश सचिवमा विनय मोहन क्वात्रालाई नियुक्त गरेको छ ।

हालका विदेश सचिव हर्षवर्धन श्रृंगलाले अवकास पाएपछि भारतको मन्त्रिपरिषद् बैठकले आज क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको हो ।

श्रृंगला यही अप्रिल ३० मा अवकास हुँदैछन् । नयाँ विदेश सचिवमा नियुक्त क्वात्रा हाल नेपालका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन् । उनी २०७६ फागुन २२ देखि नेपाली राजदूतका रुपमा कार्यरत छन् ।

भारतले नेपालका लागि नयाँ राजदूतको नाम प्रस्ताव गरिसकेको छैन । क्वात्राको विदेश सचिवको कार्यकाल अप्रिल ३० देखि नै प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *