विदेश

श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

२०७८ चैत २१ गते ७:३५
श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

२१ चैत २०७८ कोलम्बो । श्रीलंकामा संकटकालका बीच सबै मन्त्रीले राजीनामा दिएका छन्।

आर्थिक संकटको सामना गर्न नसकेको भन्दै विरोध चर्किएपछि २६ जना मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षेसमेत रहेको बीबीसीले जनाएको छ ।

उनले जनता र सरकारको स्थायित्व स्थापना गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयलाई राजीनामाले मद्दत पुग्ने तर्क गरेका छन् ।

यसअघि प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका ६ सय भन्दा बढी पक्राउ परेका छन्। देशभर सामाजिक सञ्जालका प्लेटफर्म बन्द गरिएको छ ।

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ। चरम विदेशी मुद्रा अभाव भएर सङ्कटपूर्ण अवस्थामा छ । यसले देशको अर्थतन्त्रलाई लथालिङ्ग बनाएको छ ।

त्यहाँ दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ । इन्धन अभाव छ भने अत्यावश्यक खाने कुरा र औषधि अभाव चरमविन्दुमा पुगेको छ ।

सरकारले देशको हालको खराब अवस्थाका लागि कोरोना महामारीले पर्यटन उद्योगमा पारेको नराम्रो प्रभाव र सन् २०१९ मा इस्टर आइतबारका दिन देशका गिर्जाघरहरूमा श्रृङ्खलाबद्ध आक्रमण भएपछि पर्यटक आगमनमा भएको उल्लेख्य कमी जस्ता कारण जिम्मेवार रहेको भन्ने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *