राजनीति

माओवादीले नेतृत्व नपाउँदै देशमा अस्थिरता आयोः प्रचण्ड

हिमालय टिभी
२०७८ चैत १९ गते १८:३९
माओवादीले नेतृत्व नपाउँदै देशमा अस्थिरता आयोः प्रचण्ड

१९ चैत २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्व नभएका कारण देशमा अस्थिरता उत्पन्न भएको दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीकै कारण संघीयता र गणतन्त्र आएको उल्लेख गर्दै यसको रक्षाको दायित्व पनि आफ्नै भएको बताउनुभयो ।

उहाँले माओवादीले नेतृत्व गरेका पालिकामा राम्रो काम भएको दाबी गर्नुभयो । यदी संघ र प्रदेशको पनि नेतृत्व गर्न पाएको भए अस्थिरताको अन्त्य हुने प्रचण्डको दाबी छ ।

कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ गेसोका अध्यक्ष कृष्णकुमार राई नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले गोर्खा भूतपूर्व सैनिकको समस्या समाधान गर्न आफुले हरसम्भव प्रयास गरिरहेका बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्