दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ भएको केजरीवालको दावी
१५ चैत २०७८ नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताउनुभएको छ ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे । स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ ।”
उहाँले थप्नुभयो, “यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो । शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ ।”
‘देशप्रतिको प्रेम, इमान्दारिता र मानवता आम आदमी पार्टीको मुख्य आदर्श रहेको उहाँले बताउनुभयो ।
दिल्लीका वित्त मन्त्री सिसोदियाले २०२२–२३ का लागि ७५.८ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
गत वर्षको बजेट ६९ करोड रूपैँयाको थियो ।
प्रतिक्रिया