विदेश

युक्रेनको तटस्थ हैसियतका विषयमा छलफल गर्न राष्ट्रपति जेलेन्स्की राजी

हिमालय टिभी
२०७८ चैत १४ गते ७:३७
युक्रेनको तटस्थ हैसियतका विषयमा छलफल गर्न राष्ट्रपति जेलेन्स्की राजी

१४ चैत २०७८ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको तटस्थ हैसियतका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

उनले रुससँगको शान्ति सम्झौताको एक भागको रूपमा मुलुकको तटस्थ हैसियत अपनाउने विषयमा छलफलका लागि तयार रहेको बताएका हुन् । यसका लागि जनमत संग्रहमा जानुपर्ने र तेस्रो पक्षबाट ग्यारेन्टी हुनुपर्ने जेलेन्स्कीको शर्त छ ।

स्वतन्त्र रूसी पत्रकारहरूसँगको अन्तर्वार्तामा जेलेन्स्कीले वार्तामा आफ्नो प्राथमिकता मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता हुने बताए ।

उनले सुरक्षाको प्रभावकारी ग्यारेन्टी आवश्यक रहेकोमा जोड दिदैँ देशमा जतिसक्दो छिटो शान्ति र सामान्य जीवनमा फर्कनु आफ्नो उद्देश्य रहेको स्पष्ट पारे । तर युक्रेनको असैनिकीकरण जस्ता अन्य रूसी मागमा छलफल गर्न जेलेन्स्कीले अस्वीकार गरे ।

युक्रेन र रुसबीच अर्को चरणको प्रत्यक्ष वार्ता आजबाट टर्कीमा हुने युक्रेनी वार्ताकारले बताएका छन् । चेर्निहाइभका मेयरले उत्तरी युक्रेनी शहर अहिले रुसी सेनाले पूर्ण रूपमा घेरेको बताएका छन् ।

यता रुसले गोलाबारीबाट ध्वस्त रणनीतिक बन्दरगाह सहर मारिओपोलबाट हजारौं नागरिकलाई जबरजस्ती बाहिर निकालेको युक्रेनले आरोप लगाएको छ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेशचुकले किभसँग कुनै समन्वय नगरी ४० हजारलाई युक्रेनबाट रुसी नियन्त्रित क्षेत्रमा सारिएको बताइन्।

रुसले आरोप अस्वीकार गरेको छ । चेर्निहाइभका मेयरले उत्तरी युक्रेनी शहर अहिले रुसी सेनाले पूर्ण रूपमा घेरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *