विदेश

पुटिन सत्तामा रहन नसक्ने अमेरिकी राष्ट्रपति वाइडेनको प्रष्टीकरण

हिमालय टिभी
२०७८ चैत १३ गते ८:१७
पुटिन सत्तामा रहन नसक्ने अमेरिकी राष्ट्रपति वाइडेनको प्रष्टीकरण

१३ चैत २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रही रहन नसक्ने बताएका छन् ।

पोल्याण्डको वार्सामा सम्बोधन गर्दै बाइडेनले भगवानका निम्ति पनि पुटिन सत्तामा रहन नसक्ने बताएका हुन् । तर ह्वाइट हाउसले भने बाइडेनको भनाइ रुसमा शासन परिवर्तनका लागि आह्वान नभएको प्रष्टीकरण दिएको छ ।

अमेरिकी अधिकारीहरूले यसअघि पुटिनलाई सत्ताबाट हटाउनु आफ्नो लक्ष्य नभएको बताएका थिए। क्रेमलिनका प्रवक्ताले रुसमा कसको नेतृत्व रहने भन्ने छनौट रुसी जनताको भएको जवाफ दिएको छ ।

सम्बोधनका क्रममा बाइडेनले नेटोको एक इन्च भूमिमा पनिमा नछुन रुसलाई चेतावनी दिए । तर नेटोको सदस्य नरहेको युक्रेनमा जारी रुसी आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न हुन आवश्यक नरहेको उनको भनाइ थियो ।

बाइडेनले यूरोपमा अमेरिकी सेना रुसी सेनासंगको द्वन्द्वमा संलग्न हुन नभइ नेटो सहयोगीको रक्षा गर्न रहेको समेत बताए । युक्रेनको छिमेकी पोल्याण्डमा बाइडेनले सम्बोधन गरिरहंदा रुसले त्यहाँ लगातार आक्रमण गरेको छ ।

युक्रेन द्वन्द्वको एक महिना पुग्दा लाखौ युक्रेनी पोल्याण्डमा शरण लिन पुगेका छन् । यता युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट युक्रेन मात्रै जोखिममा नरहेको भन्दै पश्चिमा मुलुकलाई सैन्य आपूर्ति बढाउन माग गरेका छन् ।

उनले युक्रेनलाई नेटोका ट्याङ्क र विमानको १ प्रतिशत मात्र आवश्यक रहेको बताए । यता युक्रेनको छिमेकी पोल्याण्डमा बाइडेनले सम्बोधन गरिंरहंदा रुसले त्यहाँ लगातार आक्रमण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *