विदेश

रुसले अबको आक्रमण युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित गर्ने

हिमालय टिभी
२०७८ चैत १२ गते ८:०३
रुसले अबको आक्रमण युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित गर्ने

१२ चैत २०७८ मस्को । रुसी सेनाले युक्रेनमा आफ्नो सैन्य अभियानको पहिलो चरण सकिएको जनाएको छ ।

युक्रेनमा आक्रमण गरेको एक महिना पूरा भएलगत्तै रुसी सेनाको यस्तो भनाइ सार्वजनिक भएको हो । रुसले अब युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने समेत जनाएको छ ।

डोनबासमा दुई वटा दुई रुस समर्थक गणराज्यहरु रहेका छन्। पश्चिमा मुलुकले रुसी सेनाको यो घोषणाले मस्कोलाई आफ्नो युद्धपूर्व रणनीति असफल भएको थाहा भएको संकेत गरेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणकारी रुसी सेनालाई शक्तिशाली प्रहार गरेको जनाएका छन् । एक महिनाको यो अवधिमा रुसी सेनातर्फ ठूलो क्षति भएको युक्रेनको दाबी छ ।

यता युक्रेनले राजधानी किभको पूर्वमा केही शहर र रक्षात्मक स्थानहरू पुनः कब्जा गरिरहेको बेलायतले जनाएको छ । यसैबीच युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले रुसका रक्षामन्त्रीलाई हृदयघात भएको दाबी गरेका छन् ।

सर्गेई शोइगु मार्चदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । शोइगुको स्वास्थ्य समस्याबारे रूसले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *