विदेश

रुससँग वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुने युक्रेनी राष्ट्रपतिको चेतावनी

हिमालय टिभी
२०७८ चैत ७ गते ८:२६
रुससँग वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुने युक्रेनी राष्ट्रपतिको चेतावनी

७ चैत २०७८ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग वार्ता विफल हुनुको अर्थ ‘तेस्रो विश्वयुद्ध’ हुने चेतावनी दिएका छन् ।

सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीधा सम्झौता गर्न आफू तयार रहेको बताउँदै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भने वार्ता नै भएको बताए।

यद्यपि, जेलेन्स्कीले युक्रेनले रुसी प्रायोजित पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र मान्यता दिनुपर्ने कुनै पनि सम्झौता स्वीकार्य नरहेको समेत स्पष्ट पारे । उनले आफ्नो देश नेटोको सदस्य भएको भए रुसले आक्रमण गर्ने थिएन समेत भनेका छन् । नेटो सदस्यहरू युक्रेनलाई गठबन्धनमा हेर्न तयार छन् भने, यो निर्णय तुरुन्तै गर्नुपर्ने उनको जोड थियो ।

यता युक्रेनका उपप्रधानमन्त्रीले मारिओपोल शहर त्याग्न रुसले गरेको माग अस्वीकार गर्दै आत्मसमर्पणको कुनै प्रश्न नभएको बताएका छन। रुसी रक्षा मन्त्रालयले शहर त्यागको बदलामा मानवीय कोरिडोर खोल्ने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *