विदेश

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा विजयी

हिमालय टिभी
२०७८ फागुन २७ गते ८:२६
भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा विजयी

२७ फागुन २०७८ नयाँ दिल्ली । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमध्ये चार राज्यमा भारतीय जनता पार्टी (भाजपा)विजयी भएको छ ।

विधानसभा निर्वाचनअन्तर्गत सम्पन्न मतगणनामा सत्तारुढ दल भाजपा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा विजयी भएको हो । सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा बीजेपीले भारी बहुमतसहित २७३ स्थानमा जित हासिल गरेको हो ।

४०३ विधान सभा सिटमध्ये बीजेपीले २७३ सिट जित्दै बहुमत ल्याएको छ । दोस्रो स्थानको समाजवादी पार्टीले ११५ सिट जित्यो ।

त्यस्तै उत्तराखण्डमा ७० सिटमध्ये बीजेपीले ४७ र कंग्रेसले १९ सिट जितेका छन् । ४० विधान सभा सिट रहेको गोवामा बीजेपीले २० र कंग्रेसले १२ सिट ल्याए । गोवामा सरकार गठनका लागि २१ सिट आवश्यक हुन्छ ।

त्यस्तै ६० सिट रहेको मणिपुरमा बीजेपीले ३२ तथा अन्य दलले २३ सिट जितेका छन् ।

उता पञ्जाबमा भने आम आदमी पार्टीको सरकार बन्ने भएको छ । ११७ सिट रहेको पञ्जाबमा आम आदमी पार्टीले ९२ स्थानमा जित हासिल गर्‍यो । पञ्जाबमा कंग्रेसले १८ सिट ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *