विदेश

युक्रेनका राष्ट्रपति जेलेन्सीले गरे पश्चिमा देशहरुको आलोचना

हिमालय टिभी
२०७८ फागुन २१ गते ८:३४
युक्रेनका राष्ट्रपति जेलेन्सीले गरे पश्चिमा देशहरुको आलोचना

२१ फागुन २०७८ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले आफ्नो देशमा नो फ्लाई जोन घोषणा गर्न अस्वीकार गर्ने पश्चिमा देशको आलोचना गरेका छन् ।

एक टेलिभिजन सन्देशमा जेलेन्सीले रुसको आक्रमकता बढिरहेको जान्दा जान्दै पनि पश्चिमा नेताले हवाई क्षेत्र बन्द गर्ने निर्णय लिन नसकेको बताए । युक्रेनी राष्ट्रपतिले पश्चिमा देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका शहरहरुमा बमबारी गर्न लाइसेन्स दिएको आरोपसमेत लगाए ।

जेलेन्सीको सन्देश अघि नेटोका महासचिव येन्स स्टोलटेयनबर्गले रुसी आक्रमणका कारण युक्रेनको अवस्था भयावह बनेपनि यूरोपमा युद्ध फैलने खतराका कारण नो फ्लाई जोन घोषणा नगर्ने स्पष्ट पारेका थिए ।

यता यूरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा रुसी आक्रमण चरम लापरवाही भएको अमेरिकाले जनाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा अमेरिकी प्रतिनिधि लिन्डा थोमस ग्रीनफिल्डले रुसको आक्रमण लापरवाह र खतरनाक रहेको बताइन ।

जेपोरजिया पावर प्लान्टमा रुसले नियन्त्रण कायम गरेको छ । यता रुसमा नयाँ कानून लागू गर्दै क्रेमलिनले भने फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । सीनएनएन र ब्लूमबर्गका समाचार कक्षमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *