विदेश

रुसबाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अनुसन्धान शुरु

हिमालय टिभी
२०७८ फागुन १९ गते ८:१४
रुसबाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अनुसन्धान शुरु

१९ फागुन २०७८ युक्रेन । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसबारे अनुसन्धान शुरू गरेको छ ।

युक्रेनमाथि भएको आक्रमणबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले सम्भावित युद्ध अपराधको अनुसन्धान थालेको हो । अमेरिका तथा बेलायतसहितका ३७ देशले रुसमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताएका थिए ।

यसलाई इन्टरनेशनल क्रिमिनल कोर्टमा पुगेको अहिलेसम्मकै ठूलो मुद्दाका रुपमा हरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय समुदायको चिन्तासँग जोडिएको गम्भिर अपराधको आरोपबारे स्वतन्त्रतारुपमा छानबिन गर्ने गर्दछ ।

रुसले युक्रेनमाथि आज आठौं दिन पनि आक्रमण जारी राखेको छ । रुसले अब राजधानी केन्द्रित आक्रमण गर्ने यसघि नै चेतावनी दिएको थियो । राजधानी किभमा एकाबिहानै चारवटा ठूला विष्फोट भएको बताइएको छ ।

मारिउपोलमा सयौं मानिसको मृत्यु भएको त्यहाँका मेयरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उता रुसले पहिलो पटक युद्ध शुरू भएयता आफ्ना ४ सय ९८ जना सेनाको मृत्यु भएको बताएको छ ।

यसैबीच युद्ध अन्त्यका लागि रुस र युक्रेनका अधिकारीबीच आज दोस्रो चरणको छलफल हुँदैछ । यसअघि भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *