विदेश

पुटिनद्वारा आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन निर्देशन

हिमालय टिभी
२०७८ फागुन १६ गते ७:३४
पुटिनद्वारा आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन निर्देशन

१६ फागुन २०७८ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएका छन्।

नेटोको आक्रामक व्यवहारका कारण यस्तो निर्णयमा पुगेको पुटिनको भनाइ छ । रुसले परमाणु हतियार प्रयोग गर्न लागेको अर्थ लाग्ने पुटिनको निर्देशनको विश्वभरबाट निन्दा गरिएको छ।

अमेरिकाले यसलाई अस्वीकार्य भनेको छ भने नेटोले यसलाई खतरनाक र गैरजिम्मेवार भनेको छ। युरोपियन युनियनले नयाँ चरणको प्रतिबन्ध र जवाफी रणनीति घोषणा गरेको छ ।

यसअघि पुटिनले युक्रेन आक्रमणमा अवरोध गर्ने जो कोहीले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

यता रुसले आक्रमण जारी राख्दा युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अबको २४ घण्टाको समय महत्वपूर्ण रहेको बताएका छन् । युक्रेन र रुसका प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमामा भेट्ने तय भएको छ।

आक्रमणमा ४ हजार ५ सय रुसी सेना मारिएको युक्रेनको दाबी छ । रुसी आक्रमणका कारण हालसम्म ३ लाख ६८ हजार युक्रेनीले थातथलो छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *