विदेश

भ्रष्टाचार आरोपमा बिहारका पूर्व मुख्यमन्त्री यादवलाई पाँच वर्ष जेल सजाय

हिमालय टिभी
२०७८ फागुन ९ गते १९:०१
भ्रष्टाचार आरोपमा बिहारका पूर्व मुख्यमन्त्री यादवलाई पाँच वर्ष जेल सजाय

९ फागुन २०७८ पटना । बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई पशु आहारासम्बन्धी घोटालामा पाँच वर्षको सजाय सुनाइएको छ ।

पशु आहारा सम्बन्धी पाँचौ मुद्दामा झारखण्डको सीबीआई विशेष अदालतले पाँच वर्षको जेल सजाय सुनाएको हो । अदालतले यादवलाई ६० लाख जरिवाना समेत तोकेको छ ।

यो मुद्दामा यादवले उच्च अदालतमा अपील गर्न पाउनेछन् । मुद्दा फैसला हुँदा यादव भिडियो कन्फ्रेन्समार्फत उपस्थित भए पनि अदालत परिसरमा ठूलो भीड जम्मा भएको थियो ।

सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले थप टोली परिचालन गर्नुपरेको थियो । ले सन् २०१७ मा लालु यादव आहारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएपछि कूल ८ महिना जेल र ३१ महिना अस्पतालमा बिताएका छन्।

उनले राँचीको होटवारस्थित बिरसा मुण्डा जेलमा आठ महिना बसेका थिए । त्यसपछि उनी जमानतमा रिहा भएका थिए ।

सन् १९९० को दशकमा पशुपालन र आहारामा करोडौँ रकम बराबरको घोटाला भएकोमा लालु यादवलाई लागेका ५ मुद्दामध्ये यो अन्तिम हो । यसअघिका ४ वटै मुद्दामा लालु यादव दोषी ठहर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *