रुसले युद्धका लागि उकासे पनि संयमित हुने युक्रेनी राष्ट्रपतिको प्रतिक्रिया
८ फागुन २०७८ यक्रेन । रुस र युक्रेनको तनावबीच युक्रेनका राष्ट्रपतिले वोलोडिमिर जेलेन्स्कीले युद्धका निम्ति उकासे पनि संयमित हुने बताएका छन् ।
युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थित विद्रोहीले गतिविधि तीब्र पारिरहेका बेला युक्रेनी राष्ट्रपतिको यस्तो भनाइ आएको हो । युक्रेनी सेना र रुस समर्थित विद्रोहीबीचको झडपको तेस्रो दिन दुई युक्रेनी सैनिकको मृत्यु भएको छ।
जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट जोगाउन युक्रेन सक्षम रहेको समेत बताएका छन् । उनले युक्रेनलाई नयाँ सुरक्षा ग्यारेन्टी दिन पनि माग गरे।
अमेरिकाले युक्रेन छोड्न असुरक्षित रहेको चेतावनी दिए पनि राष्ट्रपति जेलेन्स्की हिजो मात्रै डोनेस्क र लुहान्स्क क्षेत्रमा १४ सयभन्दा बढी विष्फोट भएको अनुगमनकर्ताहरूले जनाएका छन् । हिजो मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
तर मस्कोले यसलाई अस्वीकार गरेको छ । पश्चिमा मुलुकहरुले रुसले आक्रमणको बहाना बनाएर युक्रेनको पूर्वी क्षेत्रहरूमा कृतिम संकट ल्याउन खोजेको आरोप समेत लगाएका छन्।
युक्रेनको सीमामा १ लाख ९० हजारसम्म रुसी सेना तैनाथ रहेको अमेरिकाको विश्वास छ। रुसले सन् २०१४ देखि युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ। संघर्षका कारण १४ हजार मानिसको मृत्यु भएको छ।
प्रतिक्रिया