विदेश

ब्राजिलको पेट्रोपोलिस शहर अविरल वर्षापछि बाढी र पहिरो कम्तिमा ९४ जनाको मृत्यु

हिमालय टिभी
२०७८ फागुन ५ गते ८:५२
ब्राजिलको पेट्रोपोलिस शहर अविरल वर्षापछि बाढी र पहिरो कम्तिमा ९४ जनाको मृत्यु

५ फागुन २०७८ ब्राजिल । ब्राजिलको पेट्रोपोलिस शहरमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।

२४ जनालाई जिवितै उद्धार गरिएको छ । पहाडी क्षेत्रका घरहरू ध्वस्त भएका छन् भने शहर जलमग्न भएको छ । सडकमा सवारी साधनहरू तैरिरहेका छन् ।

खोज र उद्धारमा सेना समेत परिचालन गरिएको छ । पेट्रोपोलिस शहरका मेयरले शहरमा संकटकालको घोषणा गरेका छन् ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारोले पीडितका लागि तत्काल सहयोगको व्यवस्था गर्ने बताएका छन् ।

पहाडी भूमागमा अबस्थित लोकप्रिय पर्यटकीय गन्तव्य पेट्रोपोलिस पहिरोको जोखिममा रहेको शहर हो । २०११ मा पेट्रोपोलिस र छिमेकी शहरमा माटोको ढिस्को खस्दा ९ सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *