विदेश
भारतका चर्चित संगीतकार बप्पी लहरीको निधन
२०७८ फागुन ४ गते १५:०९
४ फागुन २०७८ मुम्बई । भारतका चर्चित संगीतकार बप्पी लहरीको निधन भएको छ।
६९ वर्षीय लहरीको मुम्बईस्थित एक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बप्पी लहरीले ७० र ८० को दशकमा भारतीय चलचित्रमा डिस्को थिमका चर्चित गीतहरुमा संगीत भरेका थिए। उनी आफै पनि राम्रो गायक थिए ।
‘चलते चलते’, ‘डिस्को डान्सर’ शराबी जस्ता दर्जनौ लोकप्रिय चलचित्रमा उनले संगीत दिएका छन्। पछिल्लो पटक उनले सन् २०२० मा चलचित्र बागी–३ का लागि संगीत सिर्जना गरेका थिए।
बप्पी लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो।
प्रतिक्रिया