रुस र युक्रेनबीचको तनाव कूटनीतिक समाधान हुने आशा
३ फागुन २०७८ न्युयोर्क । रुस युक्रेन संकट गहिरिँदै जाँदा अमेरिका र बेलायतले अझै पनि कूटनीतिक सहमतिको आशा व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले टेलिफोन कुराकानीमा अवस्था निकै नाजुक रहेको भए पनि सहमति अझै सम्भव रहेको बताएका हुन् ।
रुसले सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरे पनि युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ। एक दर्जनभन्दा बढी मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । तर बाइडेन र जोनसनले युद्धको त्रासका बीच पनि कूटनीति समाधानका लागि महत्वपूर्ण मार्ग बांकी रहेको बताए ।
उनीहरूले युक्रेनमा हुने कनै पनि आक्रमणले रुसका लागि गंभीर संकट निम्त्याउने चेतावनी पनि दिएका छन् ।
यसअघि हिजो युक्रेन पुगेका जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सिमानामा रूसी सैन्य परिचालनको कुनै औचित्यू नभएको र रुसले आक्रमण गरे पश्चिमा मुलुकले धेरै दूरगामी र प्रभावकारी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
यता अमेरिकाले नेटो हवाई गस्तीमा भाग लिन पोल्याण्डमा थप आठ वटा लडाकु विमान पठाएको छ । नेटोको सैन्य शक्ति बढाउन थप ३ हजार सैनिक पोल्याण्ड पठाइने उसको तयारी छ।
प्रतिक्रिया