विदेश

समुद्रमा आफ्नो पहुँचलाई रुसले अवरोध गरेको युक्रेनको आरोप

हिमालय टिभी
२०७८ माघ २८ गते ७:३०
समुद्रमा आफ्नो पहुँचलाई रुसले अवरोध गरेको युक्रेनको आरोप

२८ माघ २०७८ काठमाडौं । युक्रेनले समुद्रमा आफ्नो पहुँचलाई रुसले रोक लगाएको आरोप लगाएको छ ।

बेलारुससंग दश दिने संयुक्त सैन्य अभ्यास शुरु गरेको रुसमाथि यस्तो आरोप लागेको हो । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आजोभ सागर पूर्ण रुपमा अवरुद्ध भएको र ब्ल्याक सीको मार्ग रुसी सेनाले विच्छेद गरेको बताए ।

रुसी कदमले युक्रेनको अर्थतन्त्रका लागि आवश्यक समुद्री यातायातमा बाधा पुग्ने बीबीसीले जनाएको छ। रुसको नौसैनिक अभ्यास आगामी हप्ता युक्रेनको दक्षिणमा पर्ने ब्ल्याक सी र अजोभ सागरमा हुनेछ।

युक्रेनसंगको विवाद चुलिएका बेला रुसले छिमेकी बेलारुससँग ठूलो सैन्य अभ्यास सुरु गरेको छ। बेलारुस रूसको नजिकको सहयोगी हो र युक्रेनसँग लामो सीमा छ।

रुसले युक्रेनसंगको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरे पनि युक्रेनमाथि आक्रमण गर्ने योजना बारम्बार अस्वीकार गर्दै आएको छ।

रुसले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएको र पूर्वी डोनेस्क क्षेत्रमा भएको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब आठ वर्षपछि रुस, युक्रेन र पश्चिमबीच तनाव बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *