विदेश

निकारागुआमा पत्रकारलाई देशद्रोहको आरोपमा १३ वर्ष जेल सजाय

हिमालय टिभी
२०७८ माघ २७ गते ९:२८
निकारागुआमा पत्रकारलाई देशद्रोहको आरोपमा १३ वर्ष जेल सजाय

२७ माघ २०७८ निकारागुआ । निकारागुआका पत्रकार मिगुएल मोरालाई राष्ट्रिय अखण्डता कमजोर पार्ने षड्यन्त्र गरेको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ ।

मोरा आगामी निर्वाचनमा राष्ट्रपतिका आकांक्षी थिए । मे र जुनमा मोरासंगै राष्ट्रपतिका अरु ६ जना आकांक्षीलाई पक्राउ गरिएको थियो । राष्ट्रपति ड्यानियल ओर्टेगाको सरकारले विपक्षीमाथि राष्ट्रियताका विषयलाई लिएर श्रृंखलाबद्ध रुपमा मुद्धा चलाइरहेको छ ।

राष्ट्रपतिका आकांक्षीहरु सहित ४६ विपक्षी नेताविरुद्धको मुद्दामा फेब्रुअरी १ बाट सुनुवाइ शुरु भएको थियो । ओर्टेगा सन् २००७ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

अमेरिका र युरोपेली संघले राष्ट्रपति ओर्टेगाको सरकारका सदस्यहरूमाथि आन्तरिक असहमति र अलोकतान्त्रिक अभ्यास गरेको आरोपमा प्रतिबन्ध लगाएका छन्। निकारागुवामा नोभेम्बर ७ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *