विदेश

हुथी विद्रोहीले भर्ना गरेका करिब २ हजार बालबालिका मारिएको आशंका

हिमालय टिभी
२०७८ माघ १७ गते ८:४७
हुथी विद्रोहीले भर्ना गरेका करिब २ हजार बालबालिका मारिएको आशंका

१७ माघ २०७८ यमन । यमनमा हुथी विद्रोहीले भर्ना गरेका करिब २ हजार बालबालिका युद्धमा मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २०२० मा युद्धको मैदानमा हुथीले भर्ना गरेका १ हजार ४०६ र पछि ५६२ बाल सैनिक मारिएको राष्ट्रसंघ सुरक्षा परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारविरुद्ध लड्न हुथी विद्रोहीले ती बालबालिका प्रयोग गरेको जनाइएको छ।

प्रतिवेदनमा हुथीले आफ्नो विचारधारा फैलाउन विभिन्न शरणार्थी शिविर र मस्जिद समेत गरेको उल्लेख छ ।

यस्तै हुथीले मध्यपूर्व, युरोप र एशियाका विभिन्न कम्पनीहरूबाट हतियार लिने गरेको समेत जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *