विदेश

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातपछि जनजीवन प्रभावित

हिमालय टिभी
२०७८ माघ १६ गते ८:१३
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातपछि जनजीवन प्रभावित

१६ माघ २०७८ न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा चार वर्षयताकै ठूलो हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

नोरइस्टर नाम दिइएको आँधी म्यासाचुसेट्समा आईपुग्दा एक लाख भन्दा बढी घरपरिवार बिजुलीविहीन भएका छन् । बोस्टन क्षेत्रमा २ फिटसम्म हिउँ जमेको छ भने न्यूयोर्कका केही भागमा १ फिटसम्म हिउँ पर्न शुरु भैरहेको अधिकारीहरुले जनाएका छन् ।

न्यूयोर्क, न्यू जर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकाल घोषणा गरिएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान सबेरै शक्तिशाली आँधीले तटीय क्षेत्रमा प्रभाव देखाउन थाल्यो र धेरै राज्यमा बाक्लो हिउँ परेको थियो। ७ करोड ५० लाख मानिस आंधीको प्रभावमा पर्न सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरुले केही ठाउँमा ऐतिहासिक हिमपातको चेतावनी दिएका छन् र समुद्री तटीय क्षेत्र नजिकै बाढीको चेतावनी जारी गरिएको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *