विदेश

सीमामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन युक्रेनका राष्ट्रपतिको आग्रह

हिमालय टिभी
२०७८ माघ १५ गते ८:१४
सीमामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन युक्रेनका राष्ट्रपतिको आग्रह

१५ माघ २०७८ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो मुलुकको सिमामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

उनले रुसी आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्र जोखिममा पारेको समेत बताएका छन् । युक्रेनको सिमानामा रुसले करिब एक लाख सेना तैनाथ गरेपनि गत वर्षको भन्दा अहिले ठूलो खतरा नदेखेको जेलेन्स्कीको भनाइ छ ।

उनले युक्रेन वर्षौंदेखि रूसी आक्रमणको खतरामा बाँचेको समेत बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले छिमेकी युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएका थिए। तर रुसले आक्रमण गर्ने योजना अस्वीकार गर्दै युद्ध नचाहेको दोहोर्याउँदै आएको छ ।

युक्रेनमाथि आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो।

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *