विदेश

जिओमारा क्यास्ट्रो होन्डुरसको पहिलो महिला राष्ट्रपति

हिमालय टिभी
२०७८ माघ १४ गते ७:५८
जिओमारा क्यास्ट्रो होन्डुरसको पहिलो महिला राष्ट्रपति

१४ माघ २०७८ होन्डुरस । जिओमारा क्यास्ट्रोले होन्डुरसको पहिलो महिला राष्ट्रपतिको रूपमा शपथ लिएकी छन् ।

राजधानी टेगुसिगाल्पास्थित राष्ट्रिय रंगशालामा शपथ समारोहमा हजारौं मानिसको सहभागीता रहेको थियो ।

६२ वर्षीया क्यास्ट्रोले शक्तिशाली लागूऔषध तस्करी गिरोहको सामना गर्ने र गर्भपतनसम्बन्धी कडा कानूनलाई उदार बनाउने बताएकी छिन् । तर उनको एजेण्डा उनकै पार्टीमा आन्तरिक कलहपछि कमजोर भएको बताइएको छ।

राजनीतिक संकटका बीचमा गरिब राष्ट्रका लागि उनको योजनालाई खतरामा पारेको विश्लेषकहरुको भनाइ छ। सन् २ हजार ६ देखि २ हजार ९ सम्म शासन गरेका उनका पति म्यानुएल जेलाया कू द्वारा अपदस्थ भएका थिए ।

क्यास्ट्रोको आगमनले अत्याधिक भ्रष्टाचार र घोटाला भएको दक्षिणपन्थी नेश्नल पार्टीको १२ वर्षको शासनकालको अन्त्य हुने आकलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *