विदेश

युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

हिमालय टिभी
२०७८ माघ १३ गते ८:१०
युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

१३ माघ २०७८ वाशिङ्टन डिसी । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिंदै यस्तो जवाफ फर्काएका हुन् । वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने उनले स्पष्ट पारे ।

रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताकाबीच अमेरिकाको यस्तो भनाइ आएको हो । ब्लिङ्कनले संकट समाधानका लागि गम्भीर कूटनीतिक संवाद अघि बढाउनुपर्ने प्रस्ताव राख्दै रुसले त्यसैलाई रोज्नुपर्नेमा जोड दिए ।

उता एक जना रुसी मन्त्रीले नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने प्रतिक्रिया दिएका छन् ।

यसअघि रुसले नेटो सैन्य गठबन्धनको विस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो ।

त्यसमध्ये युक्रेन र अन्यलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *