विदेश

आफ्ना नागरिकलाई भारत नजान अमेरिकाले दियो चेतावनी

हिमालय टिभी
२०७८ माघ १३ गते ७:५७
आफ्ना नागरिकलाई भारत नजान अमेरिकाले दियो चेतावनी

१३ माघ २०७८ न्युयोर्क । अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमण नगर्न चेतावनी जारी गरेको छ ।

पछिल्लो पटक भारतमा कोरोना संक्रमण‚ बलात्कार र जम्मू–काश्मीरमा आतंकवाद बढेको भन्दै अमेरिकी सरकारले त्यहाँ कुनै पनि प्रकारको यात्रा गर्दा पुनर्विचार गर्न चेतावनी दिएको हो ।

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै लेभल(थ्री यात्रा र स्वास्थ्य सूचना जारी गरेका बेला यस्तो ट्राभल एडभाइजरी आएको हो ।

त्यस्तै बाइडेन प्रशासनले भारतमा बलात्कार सबैभन्दा छिटो बढिरहेको अपराध भएको बताएको छ । ​

यस्तै अमेरिकी नागरिकले जम्मु काश्मीरको पूर्वी लद्दाख क्षेत्र र यसको राजधानी लेह बाहेकमा देखिएको आतंकवाद र नागरिक अशान्तिलाई ध्यानमा राख्दै यात्रा नगर्नु भनेको छ ।

अमेरिकाले पाकिस्तानलाई पनि ट्राभल एडभाइजरी लेभल(थ्री मा राखेको छ। पाकिस्तानमा आतंकवाद र पृथकतावादी हिंसा बढिरहेको अमेरिकी ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *