विदेश

राष्ट्रपति बाइडेनले दिए रुसी राष्ट्रपति पुटिनमाथि व्यक्तिगत प्रतिबन्धको चेतावनी

हिमालय टिभी
२०७८ माघ १२ गते ७:४०
राष्ट्रपति बाइडेनले दिए रुसी राष्ट्रपति पुटिनमाथि व्यक्तिगत प्रतिबन्धको चेतावनी

१२ माघ २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी छ । रूसले आफ्नो दक्षिण(पश्चिम सीमामा रहेको राष्ट्रमाथि हस्तक्षेपकारी कदम चाले त्यसको गम्भिर परिणाम हुने बाइडेनको चेतावनी छ ।

उनले विश्वभर नै यसले ठूलो उथलपुथल ल्याउन सक्ने बताउँदै त्यो दोस्रो विश्व युद्धपछिको ठूलो आक्रमण हुन सक्ने बताए ।

अन्य पश्चिमी देशका नेताले पनि युक्रेनमाथि रूसले आक्रमणको लागि ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिंदै आएका छन् ।

उता युक्रेन मुद्दाबारे अमेरिकाले अनावश्यक तनाव बढाइरहेको आरोप लगाउँदै रुसले त्यहाँ आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ ।

रुसले युक्रेनसँगको सिमानामा एक लाखको हाराहारीमा सेना तैनाथ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *