अफ्रिकी मुलुक बुर्किना फासोमा सैन्य कू, राष्ट्रपति काबोरे अपदस्थ

११ माघ २०७८ बुर्किना फासो । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले कू गरेको छ ।राष्ट्रपति रोच काबोरेलाई अपदस्थ गरि सेनाले कू गरेको हो ।
सेनाका अधिकारीले सरकारी टेलिभिजिनमा मुलुकको सुरक्षा अवस्था खस्कदै गएपछि सत्ता नियन्त्रणमा लिएको बताएका छन् ।
संविधान निलम्बन गदै संसद भंग गरिएको छ र उपयुक्त समयमा संवैधानिक व्यवस्थामा फर्किने वाचा सेनाको छ । काबोरेलाई सत्ताच्यूत गर्ने षड्यन्त्र गरेको आरोपमा ११ जना सैनिक पक्राउ परेको एक सातापछि सेनाले कू गरेको हो ।
काबोरेले इस्लामिक विद्रोहलाई नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना भैरहेको थियो । राष्ट्रपतिको अवस्था अज्ञात छ ।
यसअघि, सत्तारुढ पीपुल्स मुभमेन्ट फर प्रोग्रेस पीएमपी पार्टीले काबोरे र मन्त्रीहरु हत्या प्रयासबाट बच्न सफल भएको बताएको थियो।
आइतबार मात्र सेनाको एक समूहले विद्रोहको असफल प्रयास गर्दै सैन्य प्रमुखको बर्खास्तगी र इस्लामिक लडाकु समूहसंग लड्न थप साधन स्रोत माग गरेका थिए ।
सन् २०१५ मा काबोरे राष्ट्रपतिमा निर्वाचित भएपछि इस्लामिक विद्रोह नियन्त्रण गर्न सरकारले प्रभावकारी भूमिका निभाउन नसकेको आरोप लाग्दै आएको थियो ।
गत नोभेम्बरमा इस्लामिक व्रिद्रोहीले ५३ जना सेनाको हत्या गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस,अफ्रिकी यूनियन र क्षेत्रीय संगठनले कू को निन्दा गरेका छन्।
प्रतिक्रिया