विदेश

यमनमा गठबन्धन सेनाले गरेको आक्रमणमा कम्तिमा ७० जनाको मृत्यु

हिमालय टिभी
२०७८ माघ ८ गते ७:३२
यमनमा गठबन्धन सेनाले गरेको आक्रमणमा कम्तिमा ७० जनाको मृत्यु

८ माघ २०७८ यमन । यमनको उत्तरी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको आक्रमणमा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीको बलियो गढ मानिने सादास्थित अस्थायी बन्दी गृहमा गरिएको हवाई आक्रमणमा २ सय भन्दा बढी घाईते भएका छन् ।

गत सोमबार हुथी विद्रोहीले साउदी अरबमा गरेको आक्रमणको बदलामा यो आक्रमण गरिएको बीबीसीले जनाएको छ । हुथी विद्रोहीले ड्रोन र मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्र संघले गठन्धन सेनाले गरेको हवाई आक्रमणको निन्दा गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले आक्रमण रोक्न र आक्रमणको छानबिन गर्न आह्वान गरेका छन् । सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी विद्रोही लक्षित कारवाही चलाइरहेको छ ।

संघर्षका कारण बालबालिकासहित दशौं हजार मानिस मारिएका वा घाइते भएका छन्। लाखौं विस्थापित भएका छन् । संघर्षका कारण धेरै मानिस भोकमरीको चपेटामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *