विदेश

भारतमा कोरोनाका कारण मृत्यु हुनेदर निरन्तर उकालो लाग्दै

हिमालय टिभी
२०७८ माघ २ गते १०:०१
भारतमा कोरोनाका कारण मृत्यु हुनेदर निरन्तर उकालो लाग्दै

२ माघ २०७८ नयाँ दिल्ली । भारतमा कोरोनाका कारण मृत्यु हुनेदर निरन्तर उकालो लाग्दै गएको छ ।

विगत ५ दिनदेखि भारतमा कोरोनाका कारण दैनिक ३ सयभन्दा बढीको मृत्यु हुन थालेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना महामारीको दोस्रो चरणको लहरपछि ११ जनवरीमा सबैभन्दा धेरै ४ सय ४२ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसयता लगातार ३ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु हुन थालेको भारत सरकारले जनाएको छ । गत २४ घन्टामा मात्रै भारतमा ३ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ८६ हजार ९४ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोनाको तेस्रो लहर सुरु भएपछि झन्डै १० दिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

पछिल्लो ५ दिनदेखि भारतमा दैनिक २ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको छ । गत २४ घन्टामा मात्रै भारतमा २ लाख ६८ हजार ९ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड ७१ लाख १९ हजार ९ सय ६१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *