विदेश

रुसले युक्रेनमा आक्रमण गर्न भड्काउपूर्ण कार्य गरेको अमेरिकी अधिकारीको आरोप

हिमालय टिभी
२०७८ माघ १ गते ८:५१
रुसले युक्रेनमा आक्रमण गर्न भड्काउपूर्ण कार्य गरेको अमेरिकी अधिकारीको आरोप

१ माघ २०७८ न्युयोर्क । रुसले युक्रेनमा आक्रमण गर्ने बहाना बनाउन भड्काउपूर्ण कार्य गर्ने षड्यन्त्र गरिरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले रूसले युक्रेनमा आक्रमण गर्ने बहाना बनाउनका लागि आधार तयार गरिरहेको बताएका छन् ।

उनले मस्कोलाई युक्रेनले आक्रमणको तयारी गरेको आरोप लगाउन “झूटो झण्डा“ अपरेशनको योजना बनाइरहेको आरोप लगाएको बीबीसीले जनाएको छ । तर रुसले उक्त आरोप अस्वीार गरेको छ ।

रुस र युक्रेनबीचको तनाव कम गर्ने उद्देश्यले अमेरिका–रुस वार्ताको एक हप्ता पछि पेन्टागनको यस्तो भनाइ आएको हो । युक्रेनले हिजो आफ्नो दर्जनौं वेबसाइटहरूमा भएको साइबर आक्रमणमा रुसको हात रहेको आरोप लगाएको छ ।

केही सयम यता रुसले युक्रेनसँगको सिमानामा दशौं हजार सेना तैनाथ गरेको छ । तर युक्रेनमा आक्रमण गर्ने योजना बनाएको आरोप अस्वीकार गरेको छ ।

नेटो गठबन्धन सेनाले पूर्वतर्फ गरेको विस्तार आफूविरुद्ध लक्षित नरहेको मस्कोले ग्यारेन्टी खोजिरहेको छ । तर पश्चिमी मुलुकहरूले यस्तो ग्यारेन्टी दिन नसक्ने बताएका छन् ।

अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे आर्थिक लगायतका प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *