विदेश

अमेरिकाको एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १९ जनाको मृत्यु

हिमालय टिभी
२०७८ पुष २६ गते ८:०५
अमेरिकाको एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १९ जनाको मृत्यु

२६ पुस २०७८ न्युयोर्क । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ जना बालबालिका छन् । जलेर घाईते भएका ३२ जना मध्ये धेरैको अबस्था गम्भीर रहेको बताइएको छ ।

मृतकको यो संख्या न्यूयोर्कमा ३० वर्ष यताकै आगलागीको घटनामा भएको सबैभन्दा ठूलो मानवीय क्षति भएको बताइएको छ । १९ तले सो भवनका सबै तलामा घाईते भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

भवनको दोस्रो र तेस्रो तलाबाट आगो सल्कन शुरु भएको थियो । विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *