विदेश

कजाकिस्तानमा रुस नेतृत्वको सेना प्रवेश

हिमालय टिभी
२०७८ पुष २३ गते ८:४३
कजाकिस्तानमा रुस नेतृत्वको सेना प्रवेश

२३ पुस २०७८ कजाकिस्तान । कजाकिस्तानमा रुस नेतृत्वको सेना प्रवेश गरेको छ ।

सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्न थालेपछि कजाकिस्तानका राष्ट्रपतिको आग्रहमा रुसले नेतृत्व गरेको सेना कजाकिस्तान पुगेको हो । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला त्यहाँ इन्धनको मूल्यवृद्धिलाई लिएर भएको प्रदर्शन हिंसात्मक भएपछि त्यहाँको प्रमुख शहरमध्येको एक अल्माटीमा गोली चलेको थियो ।

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाउँदा कैयनको मृत्यु भएको र सुरक्षाकर्मीतर्फ पनि हताहती भएको बताइएको छ । १२ जना सुरक्षाकर्मीको मृत्यु भएको र तीन सय पचास भन्दा बढी घाइते भएको सरकारी भनाइ छ ।

राष्ट्रपति कासिम‘–जोमार्ट तोकायेभले रुसी नेतृत्वमा रहेको सामूहिक सुरक्षा सन्धी संगठनलाई शान्ति कायम गर्न अपिल गरेका थिए । कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन अन्तर्गत रुस, कजाकिस्तान, बेलारुस, ताजिकिस्तान र आर्मेनिया छन् ।

कजाकिस्तान पुगेका विदेशी सेनामा करिब दुई हजार पाँच सय सैनिक रहेको जनाइएको छ। उक्त संगठनले सेना शान्तिका लागि भएको उनीहरुले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने बताएको छ।

सेना त्यहाँ केही दिन वा केही हप्ता बस्न सक्ने रुसी समाचार संस्थाहरुको भनाइ छ। प्रदर्शन चर्किएसँगै त्यहाँ सङ्कटकाल घोषणा गरिएको छ ।सरकारी निकायले इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न शहरहरूमा प्रदर्शन शुरू भएको हो ।

उता सरकारले ६ महिनाका लागि मूल्यवृद्धि फिर्ता लिने बताएपछि हिंसामा कमी आउन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *