विदेश

विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो

हिमालय टिभी
२०७८ पुष २१ गते ८:३९
विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो

२१ पुस २०७८ न्युयोर्क । विश्वभर कोरोना संक्रमित हुनेको संख्या लगातार वृद्धि भइरहेको छ।

पछिल्लो पटक विश्वमा २१ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन साढे चौध लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

अमेरिकामा मात्र ५ लाख ६७ हजार भन्दा बढीमा संक्रमण भएको छ। यस्तै‚ फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटालीमा १ लाख ७० हजार तथा स्पेनमा १ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २९ करोड ५४ लाख नाघेको छ । यस अवधिमा विश्वभर मृत्यु ६ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकमा झण्डै दुई हजार जनाले ज्यान गुमाए ।

यस्तै सो अवधिमा विश्वमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख १३ हजार भन्दा बढी रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *