विदेश

सन् २०२२ मा कोरोना महामारी पराजित हुने डब्लुएचओको आशा

हिमालय टिभी
२०७८ पुष १७ गते ८:००
सन् २०२२ मा कोरोना महामारी पराजित हुने डब्लुएचओको आशा

१७ पुस २०७८ न्युयोर्क । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अधानोम गेब्रेयेसुले सन् २०२२ मा कोरोना महामारी पराजित हुने आशा व्यक्त गरेका छन् ।

उनले सम्पूर्ण विश्व एक जुट भएर यसको फैलावट रोक्ने काम गरे नयाँ वर्षमा कोरोना महामारी पराजित हुने विश्वास व्यक्त गरे । डब्ल्यूएचओ प्रमुखले खोप वितरणमा भैरहेको निरन्तरको असमानताले भने भाइरस फैलने जोखिम बढ्दै जाने चेतावनी दिएका छन् ।

डब्ल्यूएचओले सन् २०२२ मा विश्वभर ७० प्रतिशत जनसंख्यालाई खोप लगाएर जुलाईको अन्त्यसम्म कोरोना महामारी अन्त्य गर्ने नयाँ लक्ष्य समेत निर्धारण गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलदै गएपछि नयाँ वर्षका कार्यक्रम मनाउन निरुत्साहित गरिएको छ भने विभिन्न प्रतिबन्धात्मक नियमहरुमा कडाइ लागु गरिएको छ।

दुई वर्ष अघि चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । त्यसयता २८ करोड ७० लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५५ लाख मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *