विदेश

फ्रान्समा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण

हिमालय टिभी
२०७८ पुष १४ गते ८:१७
फ्रान्समा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण

१४ पुस २०७८ पेरिस । पछिल्लो पटक फ्रान्समा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

युरोप महाद्वीपका देशमध्ये फ्रान्समा दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । फ्रान्समा पछिल्लो समय झण्डै १ लाख ८० हजार जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इटाली, ग्रीस, पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ । युरोप अहिले कोरोनाको ओमिक्रोन भेरिएन्टसँग जुधिरहेको छ ।

ओमिक्रोन तीव्र गतिमा फैलने भएपनि यसबाट हुने जोखिम डेल्टा भेरिएन्ट भन्दा कम देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले युरोपभर यसका संक्रमित बढेर स्वास्थ्य प्रणालीलाई असर पार्न सक्ने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *