विदेश
कंगो गणतन्त्रको बेनीमा आत्मघाती बम विस्फोट, ६ जनाको मृत्यु
२०७८ पुष ११ गते १४:२२

११ पुस २०७८ कंगो । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी शहर बेनीमा आत्मघाती आक्रमण हुंदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
रेष्टुरेण्टमा भएको विष्फोटमा परि कम्तीमा १३ जना घाईते भएका छन् । प्रहरीले रेष्टुरेण्ट प्रवेश गर्नबाट रोक्दा रोक्दै उसले आफैलाई विष्फोट गराएको थियो ।
विष्फोटको समयमा क्रिसमस मनाइरहेका ३० भन्दा बढी मानिस रहेको बताइएको छ । प्रहरीले आक्रमणमा लडाकु समुह एलाईड डेमोक्रेटिक फोर्सको संलग्नता रहेको आशंका गरेको छ । तर विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । पछिल्लो समय त्यहाँ सेना र इस्लामिक लडाकुबीच भिडन्त भैरहेका छन् ।
प्रतिक्रिया