विदेश

सुडानमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि चरम दमन

हिमालय टिभी
२०७८ पुष ११ गते ८:२०
सुडानमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि चरम दमन

११ पुस २०७८ सुडान । सुडानको राजधानी खार्तुममा प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि सेनाले दमन जारी राखेको छ ।

एक हप्तामा दोस्रो पटक राष्ट्रपति भवन अघि जम्मा भएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार भएकोे छ । सुरक्षाकर्मीले अस्पताल भित्रै समेत अश्रुँग्यास प्रहार गरेको बीबीसीले जनाएको छ ।

यसअघि त्यहाँको सैन्य सरकारले फोन र इन्टरनेट सेवाहरूमाथि प्रतिबन्ध लगाएको लगाएको थियो । पोर्ट सुडान लगायत अन्य शहरहरूमा पनि प्रदर्शन भएको छ ।

गत साताको प्रदर्शनमा प्रहरीसँगको झडपमा सयभन्दा बढी प्रदर्शनकारी घाईते भएका थिए । सुरक्षाकर्मीमाथि महिला तथा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप समेत लागेको थियो ।

सैन्य जनरल अब्देल फताह अल–बुर्हानले भने मुलुकमा गृहयुद्ध रोक्नको लागि काम गरेको जिकिर गरेका छन् । उनले आन्दोलनले सहज लोकतान्त्रिक संक्रमणमा बाधा पु¥याउन सक्ने चेतावनी पनि दिएका छन् ।

गत अक्टोबरमा सेनाले सत्ता हत्याएपछि नागरिक शासन पुनस्थापनाको माग गर्दै प्रदर्शनहरु भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *