विदेश
यूरोपमा कोरोनाको अर्को लहर शुरु हुनसक्ने डब्लूएचओको चेतावनी
२०७८ पुष ७ गते ९:२७
७ पुस २०७८ न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यूरोपमा कोरोना भाइरसको अर्को लहर शुरु हुने भन्दै सचेत हुन चेतावनी दिएको छ ।
पछिल्लो समय बेलायत, डेनमार्क र पोर्चुगलसहित यूरोपका धेरै देशमा ओमिक्रोन तिब्र गतिमा फैलिएको भन्दै यसले कोरोनाको अर्को लहर ल्याउनसक्ने चेतावनी डब्लूएचओले दिएको हो ।
यसका लागि सरकार र अधिकारीहरुले स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा डब्लूएचओले जोड दिएको छ ।
प्रतिक्रिया