बेलायतमा एकैदिन ८८ हजारभन्दा बढीमा कोरोना पुष्टि

२ पुस २०७८ लण्डन । बेलायतका दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अविश्वसनीय रुपमा तीब्र गतिमा फैलिरहेका बेला संक्रमितले नयाँ रेकर्ड कायम गरेको हो ।
हिजो मात्र ८८ हजार बढीमा संक्रमण देखिएको छ । तर कोरोनाविरुद्धको बुस्टर डोजले भने ओमिक्रोनको फैलावट छिट्टै रोक्ने वैज्ञानिकहरुको विश्वास छ ।
बेलायतमा बुधबार ७ लाख ४५ हजार बढीले बुस्टर डोज लगाएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनविरुद्ध थप सावधानी अपनाउन आग्रह गरेका छन् ।
बेलायती महारानीले ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिएका कारण परम्परागत पूर्व क्रिसमस कार्यक्रम रद्द गरेको जनाइएको छ । बेलायतमा ओमिक्रोनका कारण पहिलो पटक एक जनाको मृत्यु भैसकेको छ ।
पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन विश्वभर भैलिइसकेको हुन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
प्रतिक्रिया