विदेश

ओमिक्रोन विश्वका धेरै देशमा फैलिसकेको डब्लूएचओको आशंका

हिमालय टिभी
२०७८ मंसिर २९ गते ९:१७
ओमिक्रोन विश्वका धेरै देशमा फैलिसकेको डब्लूएचओको आशंका

२९ मंसिर २०७८ न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन विश्वका धेरै देशमा फैलिसकेको आशंका गरेको छ ।

अहिलेसम्म ७७ देशमा पुष्टि भएको ओमिक्रोन अरु धेरै देशमा पनि फैलिसकेको डब्लूएचओले आशंका गरेको हो । डब्लूएचओका प्रमुख ट्रेडोस अधानोम गेब्रेसियससले पहिचान नभइकन विश्वका धेरै देशमा ओमिक्रोन फैलिसकेको आशंका गर्दै यसलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिनुभएको छ ।

उहाँले ओमिक्रोनलाई लिएर चनाखो वा सचेत हुनुपर्नेमा त्यसो नभएको भन्दै चासो र चिन्ता व्यक्त गर्नुभएको छ । झण्डै ५० वटा उत्परिवर्तन (म्युटेशन) भएर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बनेको हो ।

यो भेरियन्ट यसअघिका भेरियन्टभन्दा बढी उत्परिवर्तित रहेकाले बढी सङ्क्रामक पनि देखिएको बीबीसीले उल्लेख गरेको छ ।दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम हप्ता पहिलोपटक पुष्टि भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म ७७ देशमा फैलिसकेको पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *