विदेश

बेलायतमा कोरोनाको नयाँ भेरियन्टका कारण आपतकाल घोषणा

हिमालय टिभी
२०७८ मंसिर २७ गते ७:३८
बेलायतमा कोरोनाको नयाँ भेरियन्टका कारण आपतकाल घोषणा

२७ मंसिर २०७८ लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन आपतकाल घोषणा गरेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि उनले ओमिक्रोन आपतकाल घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोन्सलने ओमिक्रोनको छाल आउने अबस्था देखिएको भन्दै यसै हप्ताबाट १८ वर्ष माथि सबैलाई बुस्टर डोज लगाउन आग्रह गरिने पनि बताएका छन् ।

यसअघि जनवरीको अन्त्यसम्ममा सबै वयस्क नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने लक्ष्य लिइएको थियो । बेलायतका वैज्ञानिकहरुले ओमिक्रोन विरुद्ध खोपको दुई मात्रा अपर्याप्त हुने भन्दै बुस्टर डोज प्रभावकारी हुने जनाएका थिए ।

बेलायतमा ओमिक्रोन भाइरसको फैलावटको कारण कोविड सतर्कता स्तर चारमा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *