विदेश

अमेरिकाको केन्टुकीमा आँधीका कारण ७० बढीको मृत्यु

हिमालय टिभी
२०७८ मंसिर २६ गते ७:४५
अमेरिकाको केन्टुकीमा आँधीका कारण ७० बढीको मृत्यु

२६ मंसिर २०७८ केन्टुकी । अमेरिकाको केन्टुकी प्रान्तमा भीषण समुद्री आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

राज्यका गर्भनर एण्डी बेशियरले मृतकको संख्या सयसम्म पुग्न सक्ने बताएका छन् । उनले राज्यमा आपतकालको घोषणा गरेका छन् ।

२ सय २७ माइल प्रति घण्टाको वेगमा आएको आँधीका कारण अमेजन कम्पनीको गोदाममा सय भन्दा बढी कर्मचारी फसेको बताइएको छ ।

आपतकालीन सेवाको समुहले फसेकाको खोजी र उद्धार जारी राखेको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीले दक्षिण इलिनाइसस्थित अमेजन कम्पनीको गोदाम तहसनहस पारेको थियो ।

प्रभावित क्षेत्र पुगेका राष्ट्रपति जो बाइडेनले आँधीलाई इतिहासकै सबैभन्दा भयानक भन्दै सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *