विदेश

ओमिक्रोनविरुद्ध पनि आफ्नो खोप प्रभावकारी रहेको फाइजर एण्ड बायोएनटेकको दाबी

हिमालय टिभी
२०७८ मंसिर २३ गते ७:५६
ओमिक्रोनविरुद्ध पनि आफ्नो खोप प्रभावकारी रहेको फाइजर एण्ड बायोएनटेकको दाबी

२३ मंसिर २०७८ न्युयोर्क । कोरोनाको ओमिक्रोन भेरिएन्टविरुद्ध पनि आफ्नो खोप प्रभावकारी रहेको फाइजर एण्ड बायोएनटेक कम्पनीले बताएको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध फाइजरको बुष्टर डोज प्रभावकारी हुने खोप उत्पादक कम्पनी फाइजरले दाबी गरेको हो । खोपको बुष्टर डोजले मात्र शरीरमा प्रभावकारी प्रतिरक्षा प्रणाली विकासित भएको कम्पनीको भनाइ छ।

एक छोटो अध्ययनबाट तीन डोज लगाउँदा दुई डोज लगाए जस्तै एन्टीबडी बढेको कम्पनीले जनाएको हो । कम समयको अध्ययन गरिएकाले थप स्पष्ट हुन बिस्तारित अनुसन्धान चाहिने फाइजरले जनाएको छ ।

यस्तै ओमिक्रोनलाई नै लक्षित गर्दै आगामी सय दिनभित्र खोपको विकास गरिने कम्पनीको भनाइ छ । यसअघि नै दक्षिण अफ्रिकामा भएको अध्ययनले पनि खोपको तेस्रो डोज प्रभावकारी हुने देखाएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिलेका विकसित खोप नै ओमिक्रोनविरुद्ध प्रभावकारी रहेको बताइसकेको छ । खोपको पूर्ण मात्रा लगाएका व्यक्ति ओमिक्रोनबाट संक्रमित भए उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउने डब्ल्यूएचओको भनाइ छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्टमाथि विश्वभर नै अनुसन्धान र त्यससँग सम्बन्धित जानकारी संकलन भइरहेका छन् ।

ओमिक्रोन भेरिएन्ट कोरोना भाइरसबाट अहिलेसम्मकै धेरै म्यूटेशन भएर विकसित भएको हो । ५० भन्दा बढी म्युटेशनबाट विकसित ओमिक्रोन बढी संक्रामक तथा घातक रहेको प्रारम्भिक तथ्यबाट देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *