विदेश

हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

हिमालय टिभी
२०७८ मंसिर २२ गते १८:५८
हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

२२ मंसिर २०७८ नयाँ दिल्ली। भारतको तमिलनाडूमा भएको हेलिकोप्टर दुर्घटनामा सेना प्रमुख विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ । १ जनाको भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

दुर्घटनामा सेना प्रमुख ६३ वर्षीय रावतसहित उनकी पत्नी मधुलिका र सुरक्षाफौजका ११ जवानको मृत्यु भएको हो । हेलिकोप्टर १४ जना सवार थिए। घाइतेको उपचार भइरहेको अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेना प्रमुख रावत कुनुरस्थित वायु सेना आधार स्थलतर्फ जाँदै गरेको बेला हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

भारतीय वायुसेवाको यो हेलिकोप्टरमा डबल इन्जिन रहेकाले तुलनात्मक रुपमा सुरक्षित मानिन्थ्यो । सेना प्रमुख रावत भारतीय स्थल, जल र वायु सेना समेतका प्रमुख हुन् । पहिलोपटक श्रृजना गरिएको यो पदमा रावत सन् २०१० मा नियुक्त भएका थिए ।

रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरी घटनाप्रति दुख व्यक्त गर्दै यसले देश र सुरक्षा फौजप्रति अपूरणीय क्षती पुगेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *