विदेश

युक्रेन मामिलामा रुसलाई दियो अमेरिकाले यस्तो चेतावनी

हिमालय टिभी
२०७८ मंसिर २२ गते ७:३०
युक्रेन मामिलामा रुसलाई दियो अमेरिकाले यस्तो चेतावनी

२२ मंसिर २०७८ न्युयोर्क । अमेरिकाले युक्रेनमा रुसी आक्रमणको त्रासलाई लिएर कडा जवाफ दिने चेतावनी दिएको छ ।

राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको दुर्लभ भिडियो कुराकानीमा यस्तो चेतावनी दिएका हुन् । पुटिनसंगको कुराकानीमा बाइडेनले युक्रेनी सीमामा रूसी सेनाको बढ्दो गतिविधिलाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै यसविरुद्ध कडा आर्थिकलगायत अन्य उपायहरूको चेतावनी दिएका थिए ।

रुसले भने युक्रेनमा आक्रमण नगर्ने स्पष्ट पारेको छ । रुसी राष्ट्रपति पुटिनले युक्रेनले उत्तेजित व्यवहार देखाएको आरोप लगाउंदै पूर्वी क्षेत्रमा नेटो सेनाको विस्तार र रुस नजिक हतियारको तैनाथीविरूद्ध ग्यारेन्टीको माग समेत गरेका छन् ।

उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको थियो । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले रुसले युक्रेनमा आक्रमण गरे रूसी अर्थतन्त्रमा महत्वपूर्ण र गम्भीर क्षति पुर्‍याउन संयुक्त रणनीति बनाएका थिए ।

रुसले युक्रेनको सिमाना नजिक ९० हजारभन्दा बढी सेना तैनाथ गरेको अनुमान गरिएको छ । मस्कोले जनवरी अन्त्यमा सैन्य आक्रमणको योजना बनाउन सक्ने युक्रेनको अनुमान छ ।

सात वर्ष अघि रुसले युक्रेनको पूर्वी क्षेत्र क्राइमिया कब्जा गरेपछि जारी द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *