विदेश

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिँदै

हिमालय टिभी
२०७८ मंसिर २० गते ७:५२
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिँदै

२० मंसिर २०७८ नयाँ दिल्ली । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र गतिमा फैलिएको छ ।

हिजो एकै दिन १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । जसमा महाराष्ट्रमा ७ ,राजस्थानमा ९ र राजधानी दिल्लीमा १ जना छन् ।

योसंगै भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु दक्षिण अफ्रिका, नाइजेरिया, फिनल्याण्डबाट आएका व्यक्ति रहेका छन् ।

ओमिक्रोन भेरियन्ट रोक्न हरसम्भव प्रयास भैरहेको केन्द्र र राज्य सरकारहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो भेरियन्टलाई चिन्ताको विषय बताउंदै आएको छ ।

कोरोनाको डेल्टा भेरियन्टले भन्दा ओमिक्रोन बढी संक्रामक भएकाले बढीलाई संक्रमित पार्न सक्ने डब्लुएचओको भनाइ छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरियन्ट अहिले विश्वका दर्जनौं मुलुकमा फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *