विदेश

भारतको तीन राज्यमा फैलियो ओमिक्रोन, दिल्लीमा १५ जना अस्पताल भर्ना

हिमालय टिभी
२०७८ मंसिर १९ गते ९:१४
भारतको तीन राज्यमा फैलियो ओमिक्रोन, दिल्लीमा १५ जना अस्पताल भर्ना

१९ मंसिर २०७८ नयाँ दिल्ली । भारतमा कोरोनाको ओमिक्रोन फेला परेसँगै निगरानी बढाइएको छ ।

पहिलोपटक भारतको कर्नाटक राज्यमा दुई जनामा देखा परेको कोरोनाको ओमिक्रोन स्वरुप थप २ जनामा पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ ।

यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हालसम्म भारतको गुजरात, महाराष्ट्र र कर्नाटकमा कोरोनाको ओमिक्रोन फेला परिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *